|

  • पेमा लामा-

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक जिल्लाका १८ मतदानस्थल अति संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख सहकुलबहादुर थापाका अनुसार १८ वटा मतदानस्थल अति संवेदनशील रहेको बताएका छन्।

२१ मंसिरमा हुने निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा १ सय ८९ वटा मतदानस्थल  र ३ सय ५० मतदान केन्द्रमध्ये १६ वटा संवेदनशील र अन्य सामान्य रहेको थापाले बताए।

‘अति संवेदनशील र संवेदनशील मतदानस्थलहरुमा स्ट्रोङ प्रहरी अफिसरहरुसहित त्यही किसिमको प्रहरी फोर्सलाई थप गरेका छौँ।’ थापाले भने, ‘सुरक्षाको दृष्टिकोणले सबै डिप्लमेन्ट गरिसेकका छौं, हामीसँग जिल्लाको सबै

मतदानस्थलको लागि नेपाल प्रहरी र म्यादी प्रहरी गरेर २ हजार ७ सय, चार सयको हाराहरीमा सशस्त्र प्रहरी र चार सयकै हाराहरीमा नेपाली सेनाको टोली विभिन्न स्थानमा तैनाथ गरिसकेको अवस्था छ।’ त्यससँगै मतपत्रसहित ब्यालेट बक्स मतदान केन्द्रमा खटिने टोलीलाई लिएर छिट्टै खटिने थापाले बताए।

चुनावलाई लक्षित गरेर नेकपा माओवादी विप्लपका कार्यकर्ताहरुले यस जिल्लामा पनि केही गर्न सक्छन् भनेर विशेष चनाखोका साथ हेरिहेको उल्लेख गर्दै उनले चारैवटा सुरक्षा निकायहरु कलेक्टिभ रुपमा कसरी सुरक्षा दिने भन्ने विषयमा केन्द्रित भएर काम गरिरहेको बताए।

जिल्लाको अवस्था सामान्य रहे पनि छिमेकी जिल्लाहरुमा निर्वाचन सम्पन्न भइसेकेका र ती जिल्लाहरुबाट थप चुनौती हुन सक्नेलाई पनि मध्यनजर गरेर सुरक्षा निकायले सुरक्षा प्रदान गर्ने तयारीमा रहेको उनले बताए।

थापाका अनुसार जिल्लाको विभिन्न नाकासहित जिल्लाको मुख्य–मुख्य चोकहरुमा २४सै घण्टा चेक जाँचको कामदेखि आवश्यकताअनुसार खान्तलासीसमेत गर्दै आएको छ। निर्वाचनको वेला उम्मेदवारलाई लक्षित गरी केही स्थानमा बम विस्फोटन गराएपछि उम्मेदवारहरुलाई समेत सुरक्षा दिँदै आएको थापाको भनाइ छ।

सुरक्षा अवस्थालाई मध्यनजर गर्दै अहिले जिल्लाका विकट क्षेत्र डाँडापारि र कोसिपारि लगायतका स्थानहरुमा नेपाली सेनाले अस्थायी बेस क्याम नै स्थापना गरी सुरक्षा दिइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.