|

कालिकोट : मुगुको खत्याड गाउँपालिकामा एक महिनादेखि फैलिएको भाइरल ज्वरोले ८ जनाको मृत्यु भएको छ। जिल्लामा औषधि अभाव लगायतका कारणले भाइरल ज्वरोका कारणले आठ जनाको ज्यान लिएको हो।

भाइरल ज्वरोका कारण एक सातामा रिघा गाउँका ६५ वर्षीय बिउसरा पाण्डे, ४४ वर्षीय विष्णु जैसी, ७५ वर्षीय ऋषिसन्न उपाध्याय र सुकाढिककी ५५ वर्षीया पूर्वा कार्कीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मुगुले जनाएको छ।

त्यस्तै, कात्तिक महिनामा भाइरल ज्वरोका कारणले सेरी साटबाडाका ५९ वर्षीय सिंहबहादुर बुढा, खमाले कवाकी ४२ वर्षीया मागी रोकाया, पैखुगाउँका ५६ वर्षीय धनसिंह थापा र ६५ वर्षीय दलसुर थापाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मुगुले जनाएको छ।

मौसममा आएको बदलीका कारणले भाइरल ज्वरोको प्रकोप बढेको निमित्त जिल्ला स्वास्थ्य अधिकृत धनप्रसाद शर्माले बताए। ‘मौसममा आएको परिवर्तनका कारणले भाइरल ज्वरोका बिरामी बढेका हुन्।’ उनले भने, ‘भारइल ज्वरो फैलिएको ठाउँमा औषधिसहित अहेव ज्ञानसिंह बुढाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली बिहीबार पठाइएको छ।’

भाइरल ज्वरोका बिरामीहरु दैनिक जिल्ला अस्पतालमा १ सय ५० बढी ज्वरो र टाइफाइडका बिरामी आउने गरेको डा. मीना काफ्ले चौलागाईंले बताइन्। ‘जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामी आउने क्रम बढेको छ।’ उनले भनिन्, ‘मौसममा आएका परिवर्तनका कारणले यसो हुन गएको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.