|

अछाम:  प्रभु बैंक अछाम वौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ। प्रभु बैंक लिमिटेड कमलबजार अछाम शाखाले अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामाको विद्या मन्दिर माध्यामिक विद्यालय विनायकमा अध्यन गर्ने वौद्धिक अपङ्गता भएका बालबालकालाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेको प्रभु बैंक कर्मचारी गणेशराज भण्डारीले बताए। ‘हामीले वितरण गरेको शैक्षिक सामाग्री र न्यानो लुगाले उनीहरुलाई केही राहत मिल्न सक्छ भनेर अरु केही कार्यक्रम नगरी सामान वितरण गरेका हौं' उनले भने।

‘न्यानो लुगा किन्ने पैसा छैन,’ स्मरण शक्ति कम भएकी विद्यार्थी धनसरा विष्टले न्यानो लुगा पाइसकेपछि भनिन्।

प्रभु बैंकबाट शाखा प्रबन्धक सन्जिवकुमार मण्डल र विद्यालयबाट सह प्राचार्य पहल सिंहले संयुक्त रुपमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरेका थिए। विद्यार्थीले शैक्षिक सामाग्रीले आफुहरुलाई अध्यनका लागि थप सहज भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.