|
Photo : iamexpat.nl

काठमाडौं : मेडिकल शिक्षा पढ्न विदेश जाने विद्यार्थीले स्वदेशमा पनि प्रवेश परीक्षा पास गर्नुपर्ने व्यवस्था भएपछि विदेश जाने विद्यार्थीको संख्या ह्वात्तै घटेको छ।

नेपाल मेडिकल काउन्सिलले मेडिकल पढ्न जाने विद्यार्थीका लागि एमबीबीएस प्रवेश परीक्षा अनिवार्य गरेपछि गत वर्षभन्दा यो वर्ष विदेश जाने विद्यार्थीको संख्या ७० प्रतिशत घटेको हो। गतवर्ष एक हजार ४६१ विद्यार्थी विदेश गएका थिए भने प्रवेश परीक्षा पास गर्नै पर्ने व्यवस्थापछि उक्त संख्या घटेर ३९० मा झरेको छ।

नेपालमा एमबीबीएस प्रवेश परीक्षामा पटक-पटक असफल भएपछि विदेश पढ्न जाने गरेको पाइएपछि काउन्सिलले प्रवेश परीक्षामा पास भएका विद्यार्थीलाई मात्र विदेशमा अध्ययनका लागि अनुमति दिन थालेको हो।

काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटाले एमबीबीएस प्रवेश परीक्षामा ५० प्रतिशत ल्याएका विद्यार्थीलाई मात्र पढ्नका लागि विदेश जान अनुमति दिन थालेपछि कम विद्यार्थी विदेश गएको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.