|
फाइल फोटो

जाजरकोट : मतदान गर्न बसेका माथिल्लो डोल्पाका बासिन्दा चिसो बढेसँगै अहिले जाजरकोटका विभिन्न गाउँमा पुगेका छन्। जाजरकोटमा चिसो कम हुने भएकाले चिसो छल्न घोडा, भेडा र खच्चडसहितका डोल्पाली जाजरकोटका गाउँमा पुगेको सहरताराका गैरी थकालीले बताए। 

माथिल्लो डोल्पामा हिमपात शुरु भएर बस्न नसकिने अवस्था भएकाले सहरतारा, गुम्वातारा, तेन्जे, माजफाल, सेलगायतका एक दर्जन गाउँबाट जाजरकोटका खगेनकोट, तल्लु, मैदे, रिम्ना, राडीलगायतका ठाउँमा आएर बसेको सेका पामे लामाले बताए। 

‘मंसिरदेखि फागुनसम्म जाजरकोटका गाउँमा बस्दा डोल्पाबाट ल्याएका जिम्बु रअन्य औषधि बिक्री गर्छौं', लामाले भने, ‘चिसो घटेपछि खाद्यान्न लिएर डोल्पा फर्किन्छौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.