|

रौतहट : उम्मेदवारको प्रचार प्रसारमा हिँडेको भारतीय नम्बर प्लेटको गाडी शनिबार राति दुर्घटना हुँदा रौतहटमा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

बौधीमाई नगरपालिका-८ स्थित भकुवा पुलमा ठोकिँदा गाडी चालक भारतीय नागरिक गोपाल रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक राम कुमार दानीले जानकारी दिएका छन्।

संघीय समाजवादी फोरम नेपालको प्रचारमा प्रयोग गरिएको बी.आर.०१पी बी३९३३ नम्बरको सो बलेरो गाडी पुलमा ठोकिएपछि २० मिटर तल खसेको थियो।

राति  पथरामा कोणसभा सकिएर राजपुर फर्कने क्रममा उक्त गाडी दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन्। गाडीमा सवार ४ जनाको वीरगंजस्थित नेसनल मेडिकल कलेजमा र २ जनाको गौर अस्पतालमा उपचार भइरहेको छ।

गौरमा राजपुर निवासी नागेन्द्र साह र गिरधारी साहको उपचार भइरहेको छ। सो क्षेत्रमा मधेसी गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभाको सदस्यमा किरण साह र प्रदेश सभा सदस्य ख मा किशोरी प्रसाद यादबले उम्मेदवारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.