|

वीरगञ्ज : पर्सामा शनिबार राति एक बालकको विभत्स हत्या भएको छ। चार दिनदेखि वेपत्ता बहुदरमाई नगरपालिका २ का सन्जय साह तेलीका १० वर्षीय छोरा सुमित कुमारको हत्या भएको हो।

प्रहरीले सुमितको शव शनिबार राति बहुदरमाई नगरपालिकाको नगरदाहा गाउँ नजिक पोखरीको डिलमा फेला पारेको हो।

हत्या गरी शव कहीँ लुकाएर राखिएको र शनिबार साँझ पोखरीको डिलमा फालिएको स्थानीय सुनिल कुशवाहले बताए। बालकको परिवारले वेपत्ता भएकै दिन मंसिर १३ गते बुधबार इलाका प्रहरी कार्यालय सुगौलीमा खोजीका लागि निवेदन दिँदा पनि प्रहरीले बेवास्ता गरेको परिवारजनको आरोप छ।

सुमित सञ्जयका एक्ला छोरा हुन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले घटना शंकास्पद देखिएकाले अनुसन्धान भइरहेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.