|

  • जमुना राई-

भोजपुर : किरात राई समुदायको  पर्व उधौली साकेन्वा,साकेलाको अवसरमा किरात समुदायले अब निर्वाचित जनप्रतिनिधिहरुलाई सदबुद्धी दिन आफ्नो देवतासँग अपेक्षा गरेका छन्।

बाली नाली लगाउने वेलामा वैशाखे पूर्णिमा र बाली नाली भित्र्याएपछि मंसिरे पूर्णिमा गरी वर्षको दुईपटक मनाउने यो पर्वमा यसपटक यस समुदायले आफूले चुनेका प्रतिनिधिलाई सदबुद्धी दिएर देश विकासमा लाग्न सुझाएका हुन्। यसपर्वमा विशेष गरेर किरात समुदायले किरात भेषभूषामा सजिएर हातमा ढोल, झ्याम्टा सेउली लगायतमा किरात संस्कृतिका सामग्रीसहित साकेला नाच्ने चलन छ।

यसरी नाच्ने चलन छनै तर किरात समुदायकै बाहुल्य भएको भोजपुरमा भने यस वर्षको उधौली पूजामा लामो समयपछि देशले जनप्रतिनिधि प्राप्त गरेकाले अब यी जनप्रतिनिधिहरुलाई जनताको पक्षमा निष्पक्ष रहेर काम गर्ने शक्ति सुम्निमा र पारुहाङले प्रदान गरून् भनी उधौली पूजा गरी साकेला नाच नाचिएको छ।

देशले लामो समयपछि जनता आफैँले चुनेको जनप्रतिनिधि पाउने भएका छन्। त्यसैले पनि यहाँको जनता त्यसै पनि खुसी छन्। तर पनि परम्परादेखि आफ्नो कुल देवता सुम्निमा र पारुहाङलाई आफूले मागेको

कुरा पूरा गर्ने जनविश्वास रही आएकाले अब निर्वाचित जुनसुकै दलका प्रतिनिधिहरु भए पनि देश र जनताका हितमा काम गर्ने शक्ति आफ्नो देवतासँग मागेको प्रकृतिक पूजकहरुले  बताएका छन्।

बाली नाली भित्र्याएपछि मंसिरे पूर्णिमामा मनाइने यस वर्षको उधौली पर्वसँगै प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि जुनसुकै दलहरुले जिते पनि तत्काल देशले स्थिर सरकार पाउनेमा समेत यहाँका जनसमुदायहरु ढुक्क रहँदै आएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.