|
अछामको तुर्माखाद ४ मा लटरम्म फलेका सुन्तला।

  • रमेश रावत-

अछाम : अछामको तुर्माखादका फलफूल व्यावसायीले सुन्तलाले बजार नपाएको गुनासो गरेका छन्। बर्सेनि लाखौँ बराबरको सुन्तला उत्पादन हुने भए पनि बजार क्षेत्र नभएका कारण सुन्तला खेतीतर्फ स्थानीयको आकर्षण घट्दै गएको स्थानीय अगुवा गजेन्द्र बयकले बताए।

तुर्माखाद गाउँपालिकाभित्र करिब २०० जना कृषकको बारीमा सुन्तला फलेको भए पनि उचित मूल्य नपाइएको स्थानीयको गुनासो छ। ‘बारीको सुन्तला विक्री भइदिए घरमा टिल लगाउने सोच बनाएकी छु, किन्ने मान्छे कोही पनि आउँदैन’ ४६ वर्षीया मोतीकला नेपालीले गुनासो गरिन्।

मोतीकला जस्तै यस गाउँपालिकाका सयौँ जनाका सपनाहरु सुन्तलाको बोटमै अल्झेको बताउँछन् स्थानीय अगुवा उजिर बयक। घरमा युवा हुनेहरु ३ घण्टाको पैदल दुरीमा रहेको कर्णाली  राजमार्ग झरेर स्थानीय टुनीबगर बजारमा बेच्ने गरेका भए पनि घरमा युवा नहुनेहरु कसरी सुन्तला विक्री गर्ने भन्ने चिन्तामा छन्। सिचाइँको सुविधा नहुँदा हिउँदे बाली राम्रो नभएका वेला सुन्तलासमेत विक्री नहुने चिन्ता सबैतिर बढेको छ।

निर्वाचनको प्रचार प्रसारमा गाउँ गएका राजनीतिक दलका उम्मेदवारहरुले उक्त गाउँलाई सुन्तला पकेट क्षेत्र बनाउने प्रतिबद्धता दिएर फर्केका छन्। उम्मेदवारहरुप्रति नागरिकको विश्वास गरिहाल्ने अवस्था भने छैन। गएका वर्षहरुमा पनि उम्मेदवरहरुले विभिन्न आश्वासन दिए पनि पूरा नगरेको स्थानीयको आरोप छ। उम्मेदवारका घोषणा पत्रमा उक्त क्षेत्र पकेट क्षेत्र बनाउने भनेर उल्लेख गरिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.