|

गोरखा  : तनहुँको आँबुखैरेनीबाट ४ वटा पेस्तोल र ४५ थान गोलीसहित स्थानीय ३ युवालाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ।

गोली र पेस्तोल सहितका युवा रहेको स्थानीयकै विशेष सुराकीको आधारमा विशेष सुरक्षा व्यवस्थासहित प्रहरीले उनीहरुलाई समातेको इलाका प्रहरी चौकी आँबुखैरेनीका प्रमुख लोकबहादुर गुरुङले जानकारी दिए।

पक्राउ पर्नेहरुमा आँबुखैरेनीकै स्थानीय २८ वर्षीय अभियान श्रेष्ठ, २४ वर्षीय विजय गुरुङ र २६ वर्षीय जय गुरुङ रहेका छन्। गुरुङ नेतृत्व टोलीसहित, नेपाली सेनाको कृष्णदल गण ढकालटारका प्रमुख सेनानी

अशोककुमार कार्की नेतृत्व टोली र सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक चन्द्रकुमार थापाको टोलीले ती युवालाई समात्न सफल भएको हो। सेना र प्रहरी टोलीले आइतबार रातिदेखि नै खोजी गरे पनि ती युवा सोमबार बिहान मात्रै पक्राउ  परेका हुन्।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.