|

काठमाडौं : चिकित्सा शास्त्र अध्ययन सस्थान आइओएमले दोस्रो पटक लिएको एमबिबिएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आइओएमको एमबिबिएस प्रवेश परीक्षामा डिभाइसको माध्यमबाट प्रश्नपत्र बाहिरिएपछि १६ मंसिरमा पुन: भएको  प्रवेश परीक्षाको नतिजा सोमबार सार्वजनिक गरिएको आइओएम परीक्षा समिति संयोजक एवं सहायक डिन प्राडा राजेन्द्र गुरागाईंले बताए।

उनले भने, ‘विविध कारणले दोस्रोपटक पुन लिएको  एमबिबिएस प्रवेश परीक्षाको नतिजा आज हामीले सार्वजनिक गरेका छौँ’', सार्वजनिक गरेको एमबिबिएस प्रवेश परीक्षामा ४६ प्रतिशत विद्यार्थी पास भएका समेत प्राडा गुरागाई‌ंले बताए।

जम्मा ९ हजार ३० जनाले फारम भरेमध्ये ७ हजार २ सय९८ जना  परीक्षामा सहभागी भएका र  ३ हजार २ सय ९८ नेपाली र ३३ जना विदेशी विद्यार्थी पास भएका गुरागाईंले बताए। १८प्रतिशत विद्यार्थी अनुपस्थित भएको समेत उनले सुनाए।

 उनले भने, ‘९ हजार ३० जनाले फाराम भरेकोमा जम्मा ७ हजार ३ सय ५८ जना विद्यार्थी  परीक्षामा सहभागी भए कडा सुरक्षा र पुन: परीक्षा ढिला लिँदा विद्यार्थीहरुमा मनैज्ञानिक असरका कारण पनि कम विद्यार्थी आएका हुन्।‘

२८ असोजमा आइओएमले लिएको एमबिबिएस प्रवेश परीक्षामा डिभाइसको माध्यमबाट प्रश्नपत्र बाहिरिएपछि स्थगित भएको परीक्षा डेढ महिनापछि १६ मंसिरमा  पुन:  लिइएको  थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.