जमिनमुनि दुई तला र माथि सात तला भएको बन्दैछ भवन

|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यलयको भवन शिलान्यास गरेकी छन्। महालेखा कार्यलयले अनामनगर वैद्यखानामा १० रोपनी १३ आना जग्गामा निर्माण गर्न थालिएको भवनको सोमबार धार्मिक विधिअनुसार पूजाआजा गरी राष्ट्रपति भण्डारीले शिलन्यास गरेकी हुन्।

जमिनमुनि २ र माथि  ७ तला निर्माण गर्न थालिएको यो भवन निर्माणको लागि लुम्‍बिनी गौरी पार्वती/शान्ति जेभी कन्ट्रक्सनले १६ महिनाअघि निर्माण ठेक्का लिएको थियो। १६ महिनाअघि तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का दिएता पनि कार्य सुचारु भएको भने ६ महिना भएको छ।

अबको १८ महिनाभित्रमा सबै काम सम्पन्न गर्नको लागि महालेखा परीक्षक टंकमणि शर्मा दंगालले आग्रह गरेका छन्। उनले संवैधानिक निकायको भवन समयमै निर्माण गरेर विश्‍वसनीयता बढाउनको लागि आग्रह गरे।

भूकम्प प्रतिरोधात्मक यो भवनको ग्राउन्‍डको दुई तलमा व्‍यवस्थित पार्किङ राखिने महालेखा परीक्षकको कार्यलयले जनाएको छ। जसअनुसार अन्डर ग्राउन्‍ड पहिलोमा मोटरसाइकल र अन्डर ग्राउन्‍ड दोस्रोमा कार पार्किङ गरिनेछ भवन निर्माणको लागत ५४ करोड २२ लाख रुपैयाँ तोकिएको छ।

सोमबार भवन शिलान्यास कार्यक्रममा संवैधानिक निकायका प्रमुख तथा नेपाल सरकारका सचिवहरुको उपस्थिति थियो।

हेर्नुस् फोटो

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.