|
फोटो : पत्रकार दिलीप पौडेलको फेसबुकबाट

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका- २ चपलीमा नेपाली कांग्रेसका नेता गगन थापालाई लक्षित गरी बम विस्फोट भएको छ। काठमाडौं क्षेत्र नम्बर ४ मा घरदैलोको क्रममा रहेका प्रतिनिधिसभाका उम्मेदवार थापा र प्रदेशसभाका कांग्रेस उम्मेदवार साधुराम खड्काको टोलीलाई लक्षित गरी विस्फोट हुँदा थापासहित ११ जना घाइते भएका छन्।

बम विस्फोटबाट घाइते हुनेमा थापासँगै जयराज लामिछाने,  राजकाजी श्रेष्ठ, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, रिमा बडुवाल, श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का, रवीन्द्र कार्की, काशीलाल श्रेष्ठ, परशुराम थापा रहेका त्रिवि शिक्षण अस्पतालले जनाएको छ। उनीहरु सबैको शिक्षण अस्पतालमा नै उपचार भइरहेको छ।

बम थापालाई नै लक्षित गरी विस्फोट गराइएको प्रचारमा थापासँगै रहेका उनका सहयोगी सविन मुडवरीले बताए। बम विस्फोटबाट कांग्रेस नेता थापाको दायाँ कान र ढाडमा चोट लागेको छ। घटनाबारे थाहा पाएर त्रिवि शिक्षण अस्पताल पुग्नेहरुको भीड लागेको छ।

गगन थापाको अवस्था सामान्य रहेको उनलाई भेटेर फर्किएका कांग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिए। अस्पतालमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा थापाका शुभचिन्तकको भीड लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.