|

डडेल्धुराः मौन अवधि सकिनै लाग्दा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी अभियानको अन्तिम चरणमा छन्। 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन तीन दिन मात्र बाँकी रहँदा प्रधानमन्त्री देउवाले गृहजिल्लाको सदरमुकामस्थित बागबजार, तुफानडाँडा, कीर्तिपुरलगायतका ठाउँमा भोट मागेका छन्। गृहगाउँ गन्यापधुराको चुनावीसभालाई सम्बोधन गरी सोमबार साँझ उनले बजार क्षेत्रमा भोट मागेका हुन्।

देउवासँग वाम गठबन्धनका साझा उम्मेदवार खगराज भट्ट तेस्रो पटक चुनावी प्रतिस्पर्धामा छन्।

हेर्नुस् फोटाः


फोटाहरू: प्रकाश पार्की

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.