स्वास्थ्यकर्मीलाई विदा नबस्न आग्रह

|

काठमाडौं : स्वास्थ्य मन्त्रालयले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको समयमा उपचार सेवाका लागि आवश्यक सबै स्रोत साधनलाई तयारी अवस्थामा राख्न सबै स्वास्थ्य निकायलाई आग्रह गरेको छ।

स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणि भण्डारीका अनुसार चुनावको बेलामा सम्भावित  बिरामी र घाइतेको उपचारका तत्कालै गर्न सक्ने गरी देशभरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा बस्न निर्देशन दिइएको छ।

'चुनावको बेलामा हुनसक्ने घटना, दुर्घटनालाई मध्यनजर राख्दै देशभरका स्वास्थ्य संस्थामा अतिआवश्यक औषधी र एम्बुलेसलाई एलर्ट रहन निर्देशन दिएका छौं' उनले भने।

स्वास्थ्य क्षेत्रमा कार्यरत प्रशासनका कर्मचारीहरु निवार्चनमा खटिए पनि प्राविधिक कर्मचारीहरुलाई निर्वाचनमा नखटाई स्वास्थ्य संस्थामा नै तयारी अवस्थामा राखिएको उपमहानिर्देशक भण्डारीले बताए। 'चुनावको बेलामा हुन सक्ने घटनालाई मध्यनजर राख्दै कुनै पनि स्वास्थ्यकर्मीलाई अत्यावश्यकबाहेक बिदा पनि दिएको छैन' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.