|

काठमाडौं : प्रहरीले नियन्त्रित लागू औषध ३३६ एम्पुलसहित काठमाडौंको पिंगलास्थानबाट पक्राउ गरेको छ। सर्लाही, कबिलासी गाउँपालिका १ का २४ वर्षीय दीपेशकुमार श्रीवास्तव र सर्लाही चन्द्रनगर गाँउपालिका ७  का २४ वर्षीय बसन्तकुमार साहलाई नियन्त्रित लागूऔषध ३३६ एम्पुलसहित पक्राउ गरेको हो।

पक्राउ परेका श्रीवास्तव तथा साहले नेपाल-भारत सीमानाबाट नियन्त्रित लागु औषध बुप्रिनर्फिन, डाइजेपाम इन्जेक्सन नेपाल भित्र्याई विगत लामो समयदेखि काठमाण्डौ लगायत नेपालका प्रमुख सहरहरुमा बिक्री गर्दै आएको नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.