|

सप्तरी: प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। सप्तरीस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट पातो तथा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले संयुक्त रूपमा बोर्डर इलाकामा व्यापक मात्रामा गस्ती तथा पट्रोल गरेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट पातो सप्तरीका सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले बताए।

गस्ती पट्रोलका साथसाथै चेकजाँच र बोर्डर इलाकामा विशेष निगरानी बढाइएको पनि उनले जानकारी दिए।

सम्भावित आपराधिक घटनालाई निस्तेज पार्न र अवैध घुसपैठ रोक्न चौबीसै घण्टा भारतीय समकक्षीसँगको समन्वयमा उच्च सुरक्षा तथा चेकजाँचलाई तीब्रता दिइएको समेत निरीक्षक थापाले बताए। चुनावलाई मध्यनजर राख्दै सीमा नाका ४८ घण्टासम्मको लागि पूर्ण रूपमा बन्द गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.