|

पर्वतः पर्वतको जलजला गाउँपालिका– ४ लामाखेतमा अज्ञात समूहद्वारा एक महिलामाथि लुटपाट भएको छ। 

प्रहरी चौकी पर्वत बारी बेनीका प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक अर्जुन पौडेलका अनुसार पर्वतको जलजलाबाट घरायसी सामग्री खरिदका लागि म्याग्दी सदरमुकाम बेनीतर्पm जाँदै गर्दा पर्वतकै जलजला गाउँपालिका– ४ स्थित लामाखेतको एक लाख रुपैयाँ नगद र नाक तथा घाँटीमा लगाएको आधा तोला सुनसहित जलजलाकी स्थानीय ईन्द्रकुमारी सेन ठकुरी लुटपाटमा परेकी हुन्। 

अनुहारमा नकाब लगाएका तीन जनाको अज्ञात समूहद्वारा ढुंगा प्रहार गरेर बेहोस बनाई उनी लुटिएकी हुन्। दिउँसो ३ बजेको समयमा उनी लुटिएको र उनको बेहोस अवस्थामा नै जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए। घटना भएको स्थानमा प्रहरी परिचालन गरी लुटेराको खोजी भइरहेको प्रहरीले बताएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.