एमालेले भन्यो- धान बेचेर फर्किएका हुन्

|

वीरगञ्ज : निर्वाचनको अघिल्लो दिन पर्सा क्षेत्र नम्बर- ३ बाट तीन लाख रुपैयाँ नगद तथा सूर्य चिह्नमा स्वस्तिक छाप लगाएका नमुना मतपत्रसहित एमालेका ३ कार्यकर्ता पक्राउ परेका छन्। निर्वाचन सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोलीले बुधबार मध्याह्न उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वाम गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजकुमार गुप्ताका भाइ अशोक रौनियार, फूलकौलका वासुप्रसाद यादव र वृजेश पटेल छन्। ना१ह ९३३२ नम्बरको गाडीमा पोखरियातर्फ आइरहेका उनीहरुको साथबाट ३ लाख नगद र  एमालेको सूर्य चिह्नमा स्वस्तिक छाप लगाइएका नमुना मतपत्र बरामद गरिएको पर्सा– ३ का सुरक्षा इञ्चार्ज प्रहरी नायव उपरीक्षक डीडी पन्तले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको पन्तले बताए। पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले अनुसन्धानपछि दोषी पाइए उम्मेदवारलाई नै कारबाही गर्ने बताए।

यता एमालेले भने आफूहरुलाई विपक्षीले फसाएको आरोप लगाएको छ। धान बेचेर फर्किँदै गरेका व्यक्तिहरुलाई पक्राउ गरेर आफूहरुलाई फसाउन खोजिएको एमाले पर्साका संयोजक प्रभु हजाराले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.