|

रुपन्देही : रुपन्देहीमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका लागि मतदानको तयारी पूरा भएको छ। प्रतिनिधिसभा तर्फ ५ र प्रदेशसभा तर्फ १० निर्वाचन क्षेत्र रहेको रुपन्देहीका सबै मतदान स्थलमा आवश्यक तयारी पूरा गरेको प्रमुख निर्वाचन अधिकृत नरिश्वर भण्डारीले जानकारी दिए। 

२ सय ८ मतदान स्थल र ५ सय ९८ मतदान केन्द्र कायम गरिएको रुपन्देहीमा हरेक मतदान केन्द्रमा ८ जनाको दरले कर्मचारी खटिएका छन्। प्रमुख निर्वाचन अधिकृत भण्डारीका अनुसार रुपन्देहीमा ५ लाख २२ हजार ६ सय २ मतदाता  छन्। जसमध्ये २ लाख ५८ हजार ७ सय ८३ जना पुरुष, २ लाख ६३ हजार ८ सय १३ जना महिला र ८३ जना तेस्रोलिङ्गी रहेका छन्। 

निर्वाचन सम्पन्न गराउन मतदान अधिकृत, सहायक मतदान अधिकृत एवं सहयोगी गरी ४ हजार ७ सय ८४ जना कर्मचारी खटाइएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीका अनुसार सुरक्षाका लागि भारतसँगका सीमा शिल गरिएको छ । २१ गते मध्यरातिसम्म ७२ घण्टासम्म दुवै देशको सीमा बन्द रहने छ। 

निर्वाचनलाई भयररहित वातावरणमा सम्पन्न गर्न जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी ४ हजार ४ सय ४४ सुरक्षाकर्मी खटिएका छन्। सुरक्षाकर्मीलाई निर्वाचन बिथोल्न खोज्ने र निर्वाचनविरोधी गतिविधि गर्नेलाई गोली हान्नेसम्मको अधिकार दिइएको छ। 

संवेदनशील मतदान स्थलहरुमा सिसिटीभी क्यामेरा जडान गरिएको छ। निर्वाचनलाई ध्यानमा राख्दै मंसिर २२ गतेसम्म मदिरा बिक्री नगर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गरेको छ।

रुपन्देहीमा भइरहेको निर्वाचनको तयारी फोटोमा हेर्नुस् 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.