|

तनहुँ: दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान तनहुँमा सुरु भएको छ। नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका वडा २ दमौली स्थित सत्यवती मावि ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका छन्।

मतदान पछि सञ्चारकर्मीसँग कुरा गर्दै तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका पौडेलले यस ऐतिहासिक निर्वाचनले मुलुक निर्माण र समृद्ध बनाउन सहज हुने बताए। निर्वाचनले लोकतन्त्रलाई संस्थापन गर्दै लोकतन्त्रको लक्ष्य साकार पार्ने उनले बताए।कुनै डरत्रास बिना मतदान केन्द्रमा पुगेर मताधिकारको प्रयोग गरी सहयोग गर्न मतदातालाई आग्रह समेत पौडेलले गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.