डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन्।
बिहीबार बिहान १० बजेर २० मिनेटमा प्रधानमन्त्री देउवाले सो केन्द्रबाट मतदान गरेका हुन्। प्रधानमन्त्री देउवाले मतदान गरेको असिग्राम उच्च माविको मतदान केन्द्र सदरमुकामदेखि २१ किमी दक्षिण पूर्वमा रहेको छ। देउवाले असिग्राम उच्च माविबाटै कक्षा ५ सम्म अध्ययन गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।