|

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ अन्तर्गत दिव्यज्योति आधारभूत विद्यालय मतदान केन्द्रनजिकै बम विस्फोट भएको छ। मतदान जारी रहेको विद्यालय परिसरमै विस्फोट हुँदा मतदाताहरुको भागाभाग भएको थियो।

विस्फोटका कारण करिब १५ मिनेट मतदान प्रभावित भयो। यद्यपि अहिले मतदान सुचारु भइसकेको छ। यस क्षेत्रमा कांग्रेस महामन्त्री शशांक कोइराला र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भविश्वर पराजुली प्रतिस्पर्धामा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.