|
जुम्लामा तारजाली लगाएर तयार गरिएको मतगणनास्थल र मतपेटिका कुर्दै गरेका दलका कार्यकर्ता।

दाना शाही- 

    जुम्ला : पहिलो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावको मतगणना आज बेलुका ५ बजेबाट गर्ने तयारी भएको छ। देशभरिको दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन सकिएपछि मतगणना सुरु गरिनेछ। मतगणना तारजाली भित्र गरिने सहायक निर्वाचन अधिकृत ईन्द्र खड्काले जानकारी दिए।

    ‘तारजालीभित्र मतगणना गरिनेछ र प्रत्येक दलको एक जना व्यक्ति एजेण्ट बस्नेगरी सर्वदलीय बैठक बसालेर निर्णय गरिएको छ,’ सहायक निर्वाचन अधिकृत खड्काले भने। सबै दलका एजेण्टले भने तारजाली बाहिर राखिएको बेञ्चमा बसेर आफ्नो काम गर्नुपर्ने उनले बताए।

    खड्काले मतगणनाका लागि सिसि क्यामेरा पनि राख्ने व्यवस्था भएको जनाए। मतगणनाका लागि एउटा कोठामा प्रदेश (क) अर्को कोठामा प्रदेश (ख) र प्रतिनिधि सभाको छुट्टै अर्को कोठामा तारजाली लगाएर तयार पारिएको उनको भनाई छ।

    तारजाली भित्रको मतगणनास्थलमा गणक त्यसभन्दा बाहिर बेञ्चमा उम्मेदवार एजेण्ट र सबै कोठामा सुरक्षा घेरा र त्यसभन्दा बाहिर पत्रकार रहनेगरी व्यवस्था मिलाइएको मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ।

    मंसिर १० गतेदेखि मतपेटिका सिलबन्दी गरि राखेको ढोका नजिक दलका कार्यकताले २४सै घण्टा कुर्दै आएका छन्। उनीहरुले आज बेलुका ५ बजेसम्म कुर्ने जनाईएको छ।

    आज बेलुकाबाट मतगणना शुरु हुने भएपछि दलका नेता, कार्यकता र जनताहरु पनि उत्साहित भएका छन्। यहाँका तापक्रम माईनस ५ डिग्री जाँदा चिसो निकै बढेपनि को हार्ने र को जित्ने बहसले बजारको वातावरणलाई तताएको छ।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.