|

काठमाडौं: मतदान कसरी गर्ने भन्‍ने विषयमा जानकारी नभएको कारण वा अशक्त भएका कारण सहयोगी साथमा लगेर मतदान गरेको देखिन्छ। तर, उपप्रधानमन्त्री एंव राप्रपा अध्‍यक्ष तथा प्रतिनिधिसभा उम्मेदवार कमल थापाले आफ्नी नातीनीलाई साथमा लिएर मतदान गरेका छन्।

उनले बिहान मकवानपुरको वंशगोपाल उच्च मावि चौघडा बाट मतदान गर्ने क्रममा नातिनीलाई सँगै लगेका हुन्। 'मतदान गर्न जाँदा मैले नातिनी सुभाली थापालाई पनि सँगै लगें। मेरो मत मेरो नातिनी पुस्ताको उज्वल भविष्यका लागि समर्पित गर्दछु' उनले आफ्टो ट्वीटरमा लेखेका छन्।

थापाले यो निर्वाचन पश्चात  शान्ति, स्थायित्व र प्रजातान्त्रिक वातावरण तयार भै देश आर्थिक बिकास र समृद्धि तर्फ उन्मुख हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.