|

बारा : जीतपुरसिमरा उपमाहानगरपालिका ४ औराहमा १०५ वर्षीय पवित्रा उपाध्यायले मतदान गरेकी छन्। उनलाई ६५ वर्षीय छोरा होमनाथ उपाध्यायले बोकेर मतदानस्थलसम्म पुर्‍याएका थिए।

श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले बाराको कलैया उपमहानगरपालिका–५ स्थित रामराजा मोहन विक्रम बहुमुखी क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका छन्। बारा क्षेत्र नं. ३ का प्रतिनिधिसभाको कांग्रेसका उम्मेदवार समेत रहेका मन्त्री मन्सुरले सो केन्द्रमा पहिलो मत खसालेका हुन्।

त्यस्तै बारा क्षेत्र नं. १ का प्रतिनिधि सभाका कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीले कोहल्बी नगरपालिकास्थित बेल्वा मतदान केन्द्रबाट मतदान गरेका छन्। त्यसैगरी वाम गठबन्धनका उम्मेदवार अच्चुत मैनालीले कोहल्बी नगरपालिका १ खैरास्थित नेरा प्रावि मतदान केन्द्रबाट  मतदान गरेका छन्।

सो केन्द्रबाट उनले पहिलो मतदान गरेर मतदान सुरु भएको हो। त्यस्तै बारा १ का प्रदेश सभाका क का कांग्रेसका उम्मेदवार पेमा शिद्धि लामाले निजगढ ८ स्थित गौरीशंकर माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्। यसैबीच लामाको बिहीबार ४४ औं जन्मदिन समेत परेको छ।

त्यस्तै वाम गठबन्धनका उम्मेदवारका प्रदेश सभाका उम्मेदवार त्रिलोकी चौधरीले कोहल्बी नगरपालिका वडा नं. ६ प्रसौनास्थित जनता माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्। उनले मतदान गरेर सो केन्द्रमा मतदान प्रक्रिया सुरु गरिएको थियो।

त्यस्तै बारा क्षेत्र नं. १ का विवेकशील साझा पार्टीका प्रतिनिधि सभाका उम्मेदवार निजगढ ८ स्थित गौरीशंकर माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्।

त्यस्तै वाम गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ३ को क कि प्रदेशसभा उम्मेदवार ज्वाला शाहले जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर १६ स्थित सखुवाघाट मतदान केन्द्रबाट मतदान गरेकी छन्। वाम गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार देवनारायण चौधरीले मतदान गरेका छन्। चौधरीले नगौल मतदान केन्द्रबाट मतदान गरेका हुन्। नगौल वडा नम्बर २२ मा पर्छ। त्यस्तै नेपाली कांग्रेसका तर्फबाट बारा क्षेत्र नम्बर ४ (१) का प्रदेश सभा सदस्य उम्मेदवार ओमकृष्ण कार्कीले मतदान गरेका छन्। उनले जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित स्वास्थ्यचौकी मतदान केन्द्रबाट मतदान गरेका हुन्।

त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजन पौडेलले जीतपुरसिमरा उप–महानगरपालिकास्थित बजनी मतदान केन्द्रबाट मतदान गरेका छन्। त्यस्तै नेपाली कांग्रेका नेता शोभाकर पराजुलीले जितपुरसिमरा उपमाहानगरपालिका २ स्थित नेरामावि मतदान केन्द्रबाट प्रारम्भमा मतदान गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.