|

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन्। बिहीबार बिहान १० बजेर २० मिनेटमा प्रधानमन्त्री देउवाले सो केन्द्रबाट मतदान गरेका हुन्।

मतदानपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्। कांग्रेसकै बहुमत आउँछ भन्ने कुरामा आफू ढुक्क भएको र बहुमत आउनेमा कुनै शंका नभएको बताएका हुन्।

उनले निर्वाचन गराउने ऐतिहासिक जिम्मेवारी आफूले पूरा गरेको पनि बताएका छन् ।‘दोस्रो संविधानसभाबाट बनेको संविधानको कार्यान्वयन आजको दिनमा पूरा हुनेछ’ देउवाले भने, यो ऐतिहासिक जिम्मेवारी मैले निर्वाह गदए पाउँदा आफूले सैभाग्य ठानेको छु।’ देउवा सम्पूर्ण नेपालीहरुमा निर्धक्काका साथ भोट हाल्न पनि आग्रह गरे।

निर्वाचनको बेल बम विस्फोट हुनु सामान्य भएको बताएका छन्। ‘बम पड्किनु सामान्य हो। यो चुनाव विथोल्ने पटकाहरु हो।’ यसबाट आत्तिनु पर्ने कुरा छैन्।’ देउवाले भने, चुनाव विथोल्ने तत्वहरुलाई जनताले निर्वाचनबाट परास्त पार्नुपर्छ।’

देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति व्यंग्य गर्दै भने, ‘चुनाव सर्दैछ भन्नेहरुको मुख बन्द हुनुपर्ने हो। ओलीजीले त भोट हालिसकेपछि पनि चुनाव सर्छ भन्न बेर छैन।’

प्रदेश नम्बर ७ मा कांग्रेसको सबैभन्दा राम्रो पकड भएको बताउँदै देउवाले यहाँ कांग्रेसको बहुमतका आउने ठोकुवा गरे। आफू काठमाडौं फर्किनेबित्तिकै सातवटै प्रदेशको प्रमुख र राजधानी पनि तोक्ने देउवाले जानकारी दिए।

‘आज म काठमाण्डौँ फर्किन्छु । देउवाले भने, त्यसपछि सातवटै प्रदेशको प्रमुख र राजधानी पनि तोक्ने निर्णय गर्छु।’ निर्वाचनको लागि मंसिर १७ गते आएका देउवा मतदान गरेर कैलाली हुँदै बिहीबार नै काठमाडौं जाने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.