|

ओखलढुंगा : ओखलढुंगामा निर्वाचन प्रचारका लागि राखिएका प्रचार सामग्री हटाउन थालिएको छ। पहिलो चरणअन्तर्गत गत मंसिर १० गते भएको निर्वाचनमा राखिएका पर्चा, पम्प्लेट, तथा ब्यानरहरु हटाउन थालिएको हो। 

उम्मेदवारहरुको नाममा भोट अपिल गर्न राखिएको पर्चा, पम्प्लेट तथा ब्यानरहरुले बजार कुरुप भएको भन्दै नेपाली कांग्रेस ओखढुंगाले प्रचार सामाग्री हटाउन सुरु गरेको छ। ‘आफ्ना उम्मेदवारहरुका नाममा भोट अपिल गर्दै बजारमा राखिएक प्रचार सामग्रीहरु पुरानो भएर बजार क्षेत्र कुरुप बन्यो। त्यसैले सफाई अभियान सञ्चालन गरिएको हो’,नेपाली काग्रेस ओखलढुंगाका सचिव रुद्रप्रसाद अधिकारीले भने।

सदरमुकामको मुख्य बजारहरुमा नेपाली कांग्रेस, वाम गठबन्धका, संघीय समाजवादी फोरम लगायतका दलहरुले प्रचार सामग्री राखेका छन्। अब निर्वाचन सकिएकाले आफ्नो प्रचार आफैँले हटाउनुपर्छ भन्दै कांग्रेसले राखेका पर्चा, पम्प्लेट तथा ब्यानर लगायतका प्रचार सामग्री हटाउन थालिएको अधिकारीको भनाई छ। सदरमुकाम सफाई अभियानलाई म्यादी प्रहरीहरुले समेत साथ दिएका छन्। अन्य दलहरुले पनि तत्काल प्रचार सामग्री हटाउने बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.