|

धनुषा: जनकपुर उपमहानगरपालिका २४ स्थित बसहीयाको गान्धी आश्रम मतदान केन्द्रमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।

बिहान बसहियाको गान्धी मतदान केन्द्रमा कांग्रेसका कार्यकता प्रदेश २ जनकपुर राजाधानी लेखिएको ज्याकेट लगाएर मतदान गर्न खोज्दा ज्याकेट फुकाल्न माग गर्दै राजपा कार्यकताहरुले होहल्ला गरेपछि हातहालाहालको स्थिती सृजना भएको धनुषाका प्रहरी उपरिक्षक चक्रवहादुर सिंहले जनाए। होहल्ला पछि मतदान केन्द्र तनावपुर्ण बनेपछि सुरक्षाको व्यवस्था कडा वनाइएको छ। ज्याकेट फुकालेर मतदान गर्ने सहमती भएपछि अहिले शान्तिपुर्ण रुपमा मतदान भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.