|

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम मावि मतदान केन्द्र ‘ख’ मा मतदान गरेका छन्। बिहीबार बिहान १० बजेर २० मिनेटमा प्रधानमन्त्री देउवाले सो केन्द्रबाट मतदान गरेका हुन्।

प्रधानमन्त्री देउवाले मतदान गरेको असिग्राम माविको मतदान केन्द्र सदरमुकामदेखि २१ किमी दक्षिण पूर्वमा रहेको छ। देउवा हेलिकोप्टर चढेर मतदान केन्द्र पुगेका थिए।  देउवाले असिग्राम माविबाटै कक्षा ५ सम्म अध्ययन गरेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.