|
फाइल फोटो

भक्तपुर : भक्तपुर क्षेत्र नं. १ अन्तर्गत भक्तपुर नगरपालिका–६, भोलाछेंमा नेपाल मजदुर किसान पार्टी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। झडपमा प्रकाश थुसा, पूर्व वडाध्यक्ष कृष्णराम थुसा, केशव सत्ता, चन्द्र केशरी कुसाथा, रामदेवी थुसालगायत एक दर्जन एक दर्जन घाइते भएका छन्।

भोलाछेंस्थित मतदान केन्द्रको करिब २ सय मिटर नजिक भएको सो घटनाका कारण मतदान प्रक्रियामा कुनै अवरोध नआएको मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले बताए। उनले भने, ‘मतदान केन्द्रनजिक सामान्य विषयमा झडप भए पनि मतदान प्रक्रिया सुचारु भइरहेको छ।’

भोलाछेंस्थित मतदान केन्द्रबाहिर मतदातालाई मतदाता नम्बर र क्रमसंख्या भिडाएर सहयोग गरिरहेका स्वयमसेवीहरुलाई मतदानस्थल अवलोकनका लागि पुगेका भक्तपुर क्षेत्र नं. १ को प्रदेशसभा २ मा वाम गठबन्धनका उम्मेदवार रोमन शिलाकारको टोलीमा सहभागीहरुले एक्कासी आक्रमण गरेको नेपाल क्रान्तिकारी युवा संघ (नेक्राविसंघ)का पूर्व अध्यक्ष प्रकाश थुसाले बताए।

उनले भने, ‘स्वयंसेवीहरूले कुनै पार्टीको प्रचार गरिरहेको होइनभन्दा पनि कुरै नसुनी ती उम्मेदवारसँग आएका गुण्डाहरूले महिला, वृद्धवृद्धा केही नभनी हातपात ग¥यो। स्वयंसेवीहरूलाई बचाउने क्रममा ममाथि पनि आक्रमण भयो।’

यता, नेकपा एमालेका जिल्ला नेता बालमुकुन्द सुवालले भने नेमकिपाले मतदातालाई प्रभावित गर्ने प्रयास भइरहेको अवस्थामा सामान्य विवाद मात्र भएको प्रतिक्रिया दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.