|

गोरखा : बिहीबार साँझ ५ बजेदेखि सुरु हुने मतगणनाको क्रममा हुन सक्ने अवान्छित घटना हुन नदिन गोरखा सदरमुकाममा मदिराजन्य पदार्थ विक्री वितरणमा रोक लगाइएको छ। मतगणना अवधिभर गोरखा सदरमुकाम क्षेत्र र वरपरका क्षेत्रमा मदिराजन्य पदार्थ उत्पादन, बिक्री वितरण गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए। 

‘बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले नै यसबारे निर्णय गरिसकेको छ’,प्रजिअ बस्नेतले भने,‘मादक पदार्थ सेवनबाटै कुनै दुर्घटना नहोस् भन्ने उद्देश्यले मतगणना अवधिभर रोक लगाउने निर्णय गरेका हौँ।’ 

मतगणना अवधिभर बजार क्षेत्रमा कसैले मदिराजन्य पदार्थ बिक्री वितरण गरेको पाइए कानुन बमोजिम कारबाही हुने गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले जानकारी दिए। ‘निर्वाचन जसरी सफल भयो। त्यसरी नै मतगणना पनि सफल पारिदिन हामीले सबैलाई आग्रह गरेका हौँ। त्यसैले मदिराजन्य पदार्थ बिक्री वितरण नगरी मतगणना सफल पारिदिनुहुन अनुरोध गर्दछौँ।’ कसैले मदिरा बिक्री गरेको पाएमा कानुन बमोजिम कारबाही  गर्ने उनले बताए। मंसिर १० मा गोरखामा भएको निर्वाचनमा दुई प्रतिनिधीसभा र चार प्रदेशसभा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.