|

भद्रपुर : मतदाता परिचयपत्र भएका भद्रपुर नगरपालिका ५ का ४८ वर्षीय महमद हाकिम मनसुरीले प्रतिनिधि तथा प्रदेशसभा मतदान खसाल्न पाएनन्। भद्रपुर माविमा मतदान गर्न गएका मनसुरीसँग आयोगले वितरण गरेको पुराना र नयाँ गरी तीन वटा मतदाता परिचयपत्र छ, तर मतदाता नामावलीमा नाम फेला नपरेपछि मतदान गर्नबाट बञ्चित भए।

बिहीबार विहानै भद्रपुर माविको मतदानस्थल पुगेका उनलाई मतदानस्थलमा खटिएका कर्मचारीले मतदाता नामावली नाम नभेटाएपछि त्यहाँबाट फर्काइदिएको मनसुरीले गुनासो पोखे। निर्वाचन आयोगले जारी गरेको मतदाता क्रम संख्या १०३६ र मतदाता नम्बर १२१०५७३ मा उनको मतदाता परिचयपत्र उल्लेख छ। गएको स्थानीय तहमा मत हालेको कार्डबाट यसपाली नाम छैन भनेर पठाएकोमा आफू अच्चम परेको उनले बताए।

निर्वाचन आयोगको लापरवाहीका कारण आफूले भोट दिन नपाएको उनले गुनासो समेत पोखे। मतदाता नामावलीमा नाम नभेटिएपछि मत हाल्न दिन नमिल्ने मतदान केन्द्र (ख) का सहायक मतदान अधिकृत रामप्रसाद यादवले बताए। नाम नभएका उनलाई कुन आधारले मत हाल्न दिनु भन्दै यस विषयमा निर्वाचन आयोगले नै जान्ने उनको भनाइ छ।

नाम र फोटो फरक परेपछि आमाछोराले मतदान गर्न पाएनन्

झापाको बिर्तामोड ९ स्थित खामतेलबारीमा रहेको देवकोटा आधारभूत प्राविमा मतदाता परिचयत्र लिन गएका आमाछोराको नाम र फोटो एउटै परिचयपत्रमा रहेको भेटिएको छ। बिर्तामोड ९ बस्ने शान्ति टुडु र उनका छोरा संग्राम टुडुको नाम र फोटो एउटै परिचयपत्रमा फेला परेपछि पहिलो पटक मतदान गर्न खोजेका दुवै जनाले मतदान गर्न पाएनन्।

निर्वाचन आयोगले जारी गरेको मतदाता नम्बर २१९४४७३० मा नाम छोरा संग्रामको छ भने फोटो उनका आमा शान्तिको रहेको भेटियो। गत साउनमा मतदाता नामावली दर्ता गराएका दुवै जनाले परिचपत्र पत्र नपाएपछि मतदान गर्नबाट बञ्चित भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.