|

गोरखा : पहिलो चरणमा निर्वाचन भएको गोरखा जिल्लामा बिहीबार साँझ ६ बजेदेखि मतगणना सुरु भएको छ। जिल्ला समन्वय समितिको सभाहलमा भएको मतगणनामा सुरुमा पालुङटार, अजिरकोट, सिरानचोक र सुलीकोट गाउँपालिकाको मत एकै ठाउँमा मिसाएर गणना सुरु गरिएको छ।

दुई ठाउँमा तीन/ तीन हजार मत गणना गर्न सुरु गरिएको छ। यस क्षेत्रमा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई प्रतिस्पर्धामा छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले हरेक १/१ घण्टामा मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ।

त्यस्तै क्षेत्र नम्बर १ को मतगणना महिला तथा बालबालिका कार्यालयमा हुँदैछ। क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट हरि अधिकारी र नेपाली कांग्रेसबाट चीनकाजी श्रेष्ठ प्रतिस्पर्धामा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.