|

जाजरकोट : जाजरकोटमा प्रतिनिधिसभा सदस्यको पनि प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ। प्रारम्भिक विवरण अनुसार माओवादी केन्द्रका शक्ति बस्नेतले अग्रता लिएका छन्। बस्नेतले ६१३ मत पाउँदा कांग्रेसका राजीपविक्रम शाहले ४३४ मत पाएका छन्।

प्रदेशसभामा भने कांग्रेसले अग्रता लिएको छ। ७५१ मत गन्दा प्रदेशसभा सदस्यका कांग्रेस उम्मेदवार दीपकजंग शाहले ३५१ मत प्राप्त गरी अग्रता कायम गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका करवीर शाहीले २८७ मत पाएका छन्। नेकपा मालेले २६ र नयाँ शक्तिका उम्मेदवारले २ मत ल्याउँदा ८२ मत बदर भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.