|

काठमाडौं : काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना शुक्रबार विहानबाट सुरु हुने भएको छ।

मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलका अनुसार शुक्रबार विहानबाट निर्वाचनको मतगणना सुरु हुने कार्यतालिका तय भएको छ। मतगणना सुरु हुनुअघि विहान ७ बजे सर्वदलीय बैठक बोलाइएको छ। उक्त बैठकपछि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए।

१० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा १, २ , ३ र ४ नम्बर क्षेत्रको मतगणना राष्ट्रिय सभामा गरिनेछ। त्यसैगरी क्षेत्र नम्बर ५ र ७ को मतगणना नयाँ बानेश्वरस्थित सहकारी विकास तालिम केन्द्रमा हुनेछ। क्षेत्र नम्बर ६ को मतगणना बबरमहलस्थित जिल्ला समन्वय समितिको हलमा हुनेछ भने क्षेत्र नम्बर ९ र १० को मतगणना अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.