|

डडेल्धुरा : डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ। शुक्रबार बिहान ९:३० बजेतिर जिल्लाको परशुराम नगरपालिका १२ कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो।

बम विस्फोटबाट बा१झ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। मतपेटिका भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।

अहिले सम्म १ सय १७ वटा मतदान केन्द्र मध्ये ७६ मतदान केन्द्रका मतपेटिकाहरु जिल्ला सदरमुकाम ल्याइएको छ, भने ४१ वटा केन्द्रका मतपेटिका आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत डा.रमेशप्रसाद रिजालले जानकारी दिए। सबै मतपेटिका जिल्ला नपुगेका कारण मतगणना अझै ढिलो हुने जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.