|

जुम्ला : प्रतिनिधिसभा सदस्यतर्फ वाम गठबन्धन तथा माओवादी केन्द्रका उम्मेदवार गजेन्द्रबहादुर महतले अग्रता कायम राखेका छन्। पछिल्लो परिणामअनुसार उनले ५ हजार ५९९ मत ल्याएका छन्। यस्तै लोकतान्त्रिक गठबन्धन तथा कांग्रेसका उम्मेदवार देवेन्द्रबहादुर शाहीले ३ हजार ३९३ मत पाएका छन्।

यस्तै प्रदेश कमा माओवादी केन्द्रका नरेश भण्डारीले ५ हजार ६९६ मतसहित अग्रता लिएका छन्। कांग्रेसका राजुसिंह कठायतले ४ हजार ११२ ल्याएका छन्।

प्रदेश खमा वाम गठबन्धन तथाएमालेका पदमबहादुर रोकाया ६ हजार ९७९ मतसहित अगाडि छन्। कांग्रेसका भीमनिधि हमालले ३ हजार ७६४ मत पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.