|

रुकुम : रुकुम पश्चिममा प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनको मतगणना जारी रहेको छ। रुकुम पश्चिमको प्रतिनिधिसभा तर्फको २७ हजार ६ सय ९१ मत गन्दा माओबादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा मुख्य प्रतिस्‍पर्धी कांग्रेसका उम्मेदवार गोपाल जी जंग शाहभन्दा १० हजार बढी मतले अघि रहेका छ।

हालसम्म शर्माले १७ हजार ७ सय ३७ मत ल्याएर निरन्तर अघि छन् भने कांग्रेस उम्मेदवार शाह ७ हजार २ सय ५१ मत ल्याएर पछ्याइरहेका छन्। प्रतिनिधिसभातर्फ नेपाल कम्युनिष्ट पार्टी मालेका उम्मेदवार कलबहादुर नाथले ३ सय ७९,

नयाँ शक्ति पार्टीका शरुण बाठामगरले २ सय ७९, संघिय समाजबादी फोरमका जगत बहादुर चन्दले १ सय ३० र राष्ट्रिय जनमोर्चाका खडकसिं खड्काले ८३ मत प्राप्त गरेका छन्।

 त्यस्तै, प्रदेशतर्फ पनि दुबै क्षेत्रमा माओबादी केन्द्रका उम्मेदवारहरु अग्रस्थानमा छन्। प्रदेश क तर्फ माओबादी केन्द्रका रातो कामीले ९ हजार ६ सय ४ मत ल्याएर निरन्तर अग्रस्थानमा छन भने  कांग्रेसका उम्मेदवार कृष्ण बहादुर रोकायले ४ हजार २ सय ७५ मत प्राप्त गरेका छन्। त्यसैगरी ख तर्फ माओबादी केन्द्रका गोपाल शर्माले ९ हजार १ सय ३३ मत प्राप्त गरेर निरन्तर अग्रस्थानमा छन भने नेपाली काग्रेसका खडकबहादुर डाँगीले ४ हजार ३ सय ६६ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.