|

रुकुम : रुकुम प्रतिनिधिसभा उम्मेदवार तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा जहाज चार्टर गरेर रुकुममा आइपुगेका छन्। शुक्रबार दिउँसो शर्मा तारा एयरको विमान चार्टर गरेर पश्चिम रुकुम पुगेका हुन्। पहिलो चरणमा सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभाको चुनाव सकेर काठमाडौं गएका उनी काठमाडौं क्षेत्र नं. १ मा भाई अनील शर्माको चुनावी प्रचारका लागि काठमाडौं गएका थिए।

शर्मा जित सुनिश्चित हुने सम्‍भावना देखेपछि विजयी र्‍यालीमा सहभागी हुन जहाज चार्टर गरेर जिल्लामा आएको बताइएको छ। शर्मा आफ्नो प्रतिद्धन्द्धी नेपाली कांग्रेसका गोपालजी जंग शाहभन्दा १२ हजार भन्दा बढी मतले अगाडि छन्।

शर्माले २० हजार ८ सय ८७ मत प्राप्त गर्दा शाहले ८ हजार ४ सय ३११ मत पाएका छन्। दोब्बर बढीको अन्तरले पछाडि परेका शाहले शर्मालाई भेटाउन निकै मुस्किल पर्ने देखिन्छ। ५५ हजार मत खसेको पश्चिम रुकुमको प्रतिनिधिसभामा अहिलेसम्म ३२ हजार ५ सय २५ मतगणना भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.