|

डडेल्धुरा : डडेल्धुरामा बेलुकी ५ बजे पछिबाट मात्रै मतगणना सुरु हुने भएको छ। जिल्लाका ११७ वटा मतदान केन्द्रबाट मतपेटिकाहरु जिल्ला सदरमुकाम नपुगेकाले मत गन्न ढिलाइ भएको हो।

अहिलेसम्म १ सय १७ वटा मतदान केन्द्रमध्ये ७९ मतदान केन्द्रका मतपेटिकाहरु जिल्ला सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृत डा.रमेशप्रसाद रिजालले जानकारी दिए। ३८ केन्द्रका मत पेटिकाहरु ल्याइँदै छ। उक्त मतपेटिकाहरु बाटोमै रहेको उनको भनाइ छ। ती मतपेटिकाहरु केही समयपछि जिल्ला सदरमुकाम पुग्ने र मतपेटिका पुगेलगत्तै सर्वदलीय बैठक बसी मतगणना सुरु हुने रिजालले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.