|

  • दाना शाही-

जुम्लाः जुम्ला प्रदेश क्षेत्र 'ख'का वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका पदम रोकाया विजयी भएका छन्।

उनले १० हजार ४५८ मत ल्याएर विजयी भएका हुन्। रोकायाले आफ्ना प्रतिद्वन्द्वीलाई पाँच हजार मत अन्तरले जितेका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीमनिधि हमालले पाँच हजार २८० मत ल्याएका छन्।  रोकाया २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका ललितजङ शाहीसँग हारेका थिए। 

प्रदेशसभा क्षेत्र ‘ख’मा २७ हजार ३४४ मत रहेको उक्त क्षेत्रमा १७ हजार ८२७ मत खसेको थियो। खसेको कूल मतमा ५४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए। विजयी भएका रोकायालाई प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र ‘क’को नतिजा आएपछि प्रमाणपत्र प्रदान गरिने उनले जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.