|
सर्वदलीय बैठकमा सहभागी हुने क्रममा कांग्रेसका महामन्त्री शशांक कोइराला

कावासोती : नवलपरासी पूर्व जिल्लामा मतदान सकिएको २४ घण्टामा पनि मतगणना सुरु हुन सकेको छैन। यस क्षेत्रको पहाडी गाँउपालिकामा भएको मतदानको मतपेटिका १७ घण्टापछि मात्रै सदरमुकाम कावासोती आएको कारणले मतगणना सुरु नभएको मुख्य निवार्चन अधिकृत बाबुराम सुबेदीले जानकारी दिए।

बिहीबार सम्पन्न मतदान पछि शुक्रबार दिउँसो पहाडी गाउँपालिकाको २७ वटा केन्द्रको मतपेटिका आएका करिब ३ घण्टा समय बितिसक्दा पनि अझै मतगणनाको कार्य शुरु हुन सकेको छैन। अहिले सर्वदलीय बैठक बसेको छ।

सर्वदलीय बैठकमा मतगणनाका आचारसंहित निर्माण गरीसकेपछि मात्र मतगणना सुरु हुनेछ। मतगणनाको समयमा सुरक्षाका लागि लगाइने तारजालीको काम पनि अहिले मात्र शुरु गरिएको छ। मतगणना गर्ने स्थानको ब्यवस्थापनमा पनि ढिलाई हुने देखिएको छ।

जसका कारण समेत गणनामा केही समय ढिलो हुने देखिएको छ। यसअघि मतगणना स्थानमा तारजाली नलगाउने भनिएकोमा सुरक्षाका कारण फेरि लगाउने कुरा आए पछि ब्यवस्थापनमा ढिलाई भएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.