|

  • भोजराज कार्की-

सोलुखुम्बुः सोलुखुम्बुमा पूर्व मन्त्री बलबहादुर केसीभन्दा पूर्व लडाकु माओवादी केन्द्रका हेमकुमार राईले तीन हजार ९१५ मतले अग्रता लिएका छन्। शुक्रबार साँझ ६ बजे सार्वजानिक गरिएको मत परिणामअनुसार माओवादीका राईले १३ हजार ३०७ मत ल्याएका छन् भने कांग्रेसका केसीले नौ हजार ३८८ मतसहित राईलाई पछ्याउँदै छन्।

पूर्व सांसदसमेत रहेका केसी यसअघि सम्पन्न २०६४ को संविधानसभाको निर्वाचनबाहेक कुनै पनि निर्वाचनमा पराजित भएका छैनन् भने राई पहिलो पटक लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचनमा भाग लिएका हुन्। 

तीन पटक मन्त्रीसमेत बनिसकेका बलबहादुरभन्दा हेमकुमारले सुरुवातीदेखिको अग्रतालाई थप बढाउँदै लगेपछि उनकै जीत हुने आड्कलबाजीसमेत गर्न थालिएको छ।

यस्तै, प्रदेशसभा ‘क’मा वाम गठबन्धनका उत्तमकुमार बस्नेतले सात हजार ३७७ मत ल्याएका छन् भने कांग्रेसका प्रकाशसिंह कार्कीले पाँच हजार १८८ मत प्राप्त गरेका छन्। 

प्रदेशसभा ‘ख’मा पनि वाम गठबन्धनका बुद्धिकुमार राजभण्डारीले सात हजार ४३१ मत प्राप्त गर्दा कांग्रेसका आङगेलु शेर्पाले पाँच हजार सात मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.