|

दमौली : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा तनहुँको दुईवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन्।  

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रारम्भिक मत परिणाममा पछि परेका छन्। पौडेलले १८२३ मत प्राप्त गर्न उनका प्रतिस्पर्धी नेकपा एमालेका किसान श्रेष्ठले २२६१ मत प्राप्त गरेका छन्।

त्यस्तै क्षेत्र नम्बर २ को २ हजार मतगणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारीले ५५२ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार केदार सिग्देलले ११४१ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर २ क मा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २१९ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी आशा कोइरालाले २६४ मत प्राप्त गरेकी छन्। त्यस्तै क्षेत्र नम्बर २(ख) मा कांग्रेसका उम्मेदवार ध्रुव वाग्लेले ११४ र वाम गठबन्धनका उम्मेदवार किरण गुरुङले १७२ मत प्राप्त गरेका छन्।

कडा सुरक्षा व्यवस्थाका साथ ४/४ ठाउँमा मतगणना भइरहेको प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले बताए। क्षेत्र नम्बर १ को जिल्ला समन्वय समित तनहुँमा मतगणना भइरहेको छ। त्यस्तै क्षेत्र नम्बर २ को जिल्ला कृषि विकास कार्यालय तनहुँमा मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएको छ।

सिसीटीभीको निगरानीमा तारजालीभित्र क्षेत्र नम्बर १ को मतगणना स्थलमा ६ वटा र क्षेत्र नम्बर २ को मतगणना स्थलमा ८ वटा सिसीसीटीभी जडान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.