शीर्ष नेता नै पछि परे

|

काठमाडौं : प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७४ को मत परिणाम आउने क्रम जारी छ। हालसम्म ७ वटा निर्वाचन क्षेत्रको अन्तिम मत परिणा आउँदा २०७० सालको संविधानसभा निर्वाचनको ठूलो दल कांग्रेसले खाता खोल्न समेत सकेको छैन।

मत अग्रतामा पनि कांग्रेस अधिकांश क्षेत्रमा पछि छ। सीमित निर्वाचन क्षेत्रमा मात्रै कांग्रेसले अग्रता कायम गरेको छ। समाचार तयार गर्दासम्म प्रतिनिधिसभामा एमालेले ३६ र माओवादी केन्द्रले १८ स्थानमा अग्रता कायम गर्दा कांग्रेसले जम्मा ९ स्थानमा अग्रता कायम गरेका छन्। त्यसमा पनि वाम गठबन्धनका उम्मेदवारको तलुनामा मतान्तर निकै कम छन्। प्रतिनिधिसभामा कांग्रेस उम्मेदवार अघि लागेकोमा न्युन अग्रता काठमाडौं ४ मा कायम भएको छ भने सबै भन्दा बढी मतान्तर रसुवामा देखिएको छ।

रसुवा

कांग्रेस उम्मेदवारले सुरुदेखिनै अग्रता कायम गरेको रसुवामा कांग्रेसले अग्रता कायम गरेका क्षेत्रहरुमध्‍ये सबै भन्दा बढी मतान्तर छ। रसुवामा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार जनार्दन ढकालले ६ हजार ३१३  मत प्राप्‍त गर्दा कांग्रेस उम्मेदवार मोहन आचार्यले ८ हजार ८९३ मत प्राप्त गरी २५ सय ८० मतको अग्रता कायम गरेका छन्।

भक्तपुर १

नेपाल मजदुर किसान पार्टीका अध्‍यक्ष नारायणमान विजुक्‍छ्‍ेंको क्षेत्र पर्ने भक्तपुर १ मा पनि कांग्रेस उम्मेदवार अग्रता कायम गरेका छन्। कांग्रेस उम्मेदवार बाबुराजा जोशीले ११ सय ५९ मत प्राप्‍त गर्दा प्रतिस्पर्धी वाम गठबन्धनका मिलन  सुवालले ९४८ मत प्राप्‍त गरेका छन्। नेमकिपाका प्रेम सुवालले ४४५ मत प्राप्‍त गरेका छन्।

काठमाडौं १ र १०

त्यस्तै काठमाडौं १ र १० मा कांग्रेस उम्मेदवारले अग्रता कायम गरेका छन्। काठमाडौं १ मा प्रतिस्पर्धी विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्रको तुलनामा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले झण्डै ७ सय मतको अग्रता कायम गरेका छन्। सिंहको ३५ सय ९० मत प्राप्‍त हुँदा मिश्रको २९ सय १६ मत आएको छ। काठमाडौं १० मा पनि कांग्रेस उम्मेदवार राजन केसीले अग्रता कायम गरेका छन्। काठमाडौं ४ मा कांग्रेसका गगन थापा झिनो मतले मात्रै वम गठबन्धनका उम्मेदवार राजन भट्टराई भन्दा पछि छन्। काठमाडौंसँग जोडिएको जिल्ला ललितपुर ३ मा कांग्रेस उम्मेदवार मदन अमात्यले अग्रता कायम गरेका छन्।

सुर्खेत

कांग्रेस पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्काको क्षेत्र सुर्खेत १ मा पनि कांग्रेस उम्मेदवार खड्काले अग्रता कायम गरेका छन्। खड्काले १२ सय १ मत प्राप्त गरेर अग्रता कायम गर्दा प्रतिस्पर्धी वाम गठबन्धनका ध्रुवकुमार शाहीले १ हजार ५० मत प्राप्‍त गरेका छन्।

सिरहा

सिरहाका दुईवटा निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारले अग्रता कायम गरेका छन्। सिराहा १ मा कांग्रेस उम्मेदवारले ५०४ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमाले उम्मेदवार २९९ मत प्राप्त गरेका छन्। त्यस्तै क्षेत्र नं. २ मा कांग्रेस उम्मेदवार ७०६ मत प्राप्‍त गर्दा माओवादी केन्द्रका उम्मेदवारले ३४४ मत प्राप्‍त गरेका छन्। यहाँका बाँकी २ क्षेत्रमा भने वाम गठबन्धनकै उम्मेदवार अगाडि छन्। 

शीर्ष नेता नै पछि परे

कांग्रेस उपल्लो तहका नेता सभापति शेरबहादुर देउवा महामन्त्री डा. शसांक कोइरालाको क्षेत्रमा मतगणनानै सुरु भएको छैन। वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री  कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, केन्द्रीय सदस्य रामशरण  महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, रामहरि खतिवडा, चन्द्र भण्डारी लगायतका नेताहरुले समेत अग्रता कायम गर्न सकेका छैनन्। निधlबाहेकका नेता गठबन्धनका उम्मेदवासंग प्रतिस्पर्धा गरेका छन्। निधि भने राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग प्रतिस्पर्धामा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.