|

  • दाना शाही-

जुम्लाः जुम्लाको प्रदेशसभा ‘क’मा वाम गठबन्धनका साझा उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेश भण्डारी विजयी भएका छन्।

भण्डारी १२ हजार ५७४ मत ल्याएर विजयी भएका हुन्। नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय अध्यक्षसमेत रहेका भण्डारीले चार हजार ३९ मतको अन्तरले जितेका हुन्। 

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजुसिंह कठायतले आठ हजार ५३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए।  

३१ हजार ७१४ मत रहेको प्रदेशसभा ‘क’मा २३ हजार ६२९ मत खसेको थियो। नेपाल मजदुर किसान पार्टीका उम्मेदवार शिवलाल डाँगीले ९२६ मत प्राप्त गरेका छन्।

खसेको कूल मतमा एक हजार आठ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विजयी भण्डारीले अब प्रदेश नं.– ६ को मुख्यमन्त्रीमा आफ्नो उम्मेदवारी रहने बताएका छन्। प्रदेश नं.– ६ को सन्तुलित विकासलाई ध्यानमा राखेर यहाँका जनताको न्याय गर्ने उनको भनाइ थियो।

उनले २०६४ सालको संविधानसभा चुनावमा नेपाली कांग्रेसका दिनबन्धु श्रेष्ठलाई हराउँदै २१ हजार १२७ मत ल्याएर जितेका थिए। भण्डारीले २०७० सालको संविधानसभा चुनाव बहिष्कार गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.