|

दार्चुला : दार्चुलाको प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका केन्द्रीय सदस्य गणेशसिंह ठगुन्ना विजयी भएका छन्। ठगुन्नाले ६ हजार ७ सय ६५ मतअन्तरले नेपाली काँग्रेसका उम्मेदवार बिक्रमसिह धामीलाई पछि पार्दै लगातार दोस्रो पटक दार्चुलाबाट सांसदमा निर्वाचित भएका हुन्।

जिल्लामा खसेको कूल ५४ हजार ५ सय ५३ मध्ये २ हजार ३ सय ३६ मत बदर भएका छन् भने कुल सदर मतमध्ये ठगुन्नाले २८ हजार ९ सय ९८ मत पाएका हुन् र उनका प्रत्यासी बिक्रमसिह धामीले २२ हजार २ सय ३३ मत पाएका छन्।

योसँगै प्रतिनिधि सभा सदस्यको मतगणना सम्पन्न भएको छ। मतपरिणाम सार्वजनिक भए पनि निर्वाचन आयोगको कार्यालयले भने पुस्टि गर्न बाँकी रहेको छ।
दार्चुलाबाट पाँच पार्टीका पाँच जनाले प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका थिए। उम्मेदवारी दिएका अन्य तीन दलको धरौटीसमेत जफत भएको छ।

अन्य दलहरुमध्ये नयाँ शक्ति नेपालका जितेन्द्रसिह महराले ३ सय ६, राजमोका मनवीर दमाइले ५१ र जनसमाजवादी पार्टी नेपालले ६ सय ११ मत पाएका छन् । जनसमाजवादी पार्टीका प्रत्यक्षतर्फका उम्मेदवार धनबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएको तीन दिनपछि एमाले प्रवेश गरेका थिए।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.