|

  • कृष्ण कँडेल 

बागलुङ : दुई प्रतिनिधि सभा र चार प्रदेश सभा गरी ६ सिटमा वाम गठबन्धन विजयी भएको छ। एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा सम्बद्ध गठबन्धनका उम्मेदवारले कांग्रेसका उम्मेदवारलाई ३ देखि १३ हजार भन्दा बढी मतअन्तरले पराजित गरेका छन्।

शनिबार बिहान प्राप्त भएको अन्तिम नतिजा अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा एमालेका सूर्य पाठकले कांग्रेसका चम्पादेवी खड्कालाई १३ हजार ४१ मत अन्तरले पराजित गरेर विजयी भएका छन्। पाठकले ३३ हजार ६ सय ५७ मत ल्याउँदा खड्काले २० हजार ६ सय १६ मत प्राप्त गरेकी हुन्।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर–२ मा माओवादी केन्द्रका देवेन्द्र पौडेलले ८ हजार ९ सय २२ मत बढी ल्याएर कांग्रेसका नरबहादुर पुनलाई हराएका हुन्। माओवादीका पौडेलले २८ हजार ८ सय २७ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी पुनले १९ हजार ९ सय ५ मत पाएका छन्। 

बागलुङ–१ को प्रदेश सभा ‘क’ मा एमालेका इन्द्रलाल सापकोटाले ५ हजार ९२६ मत अन्तरले कांग्रेसका दीपेन्द्रबहादुर थापालाई हराएका छन्। प्रदेश ख मा राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले ६ हजार ५ सय ६९ मत अन्तरले कांग्रेसका प्रकाश शर्मालाई हराएका छन्। 

निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेशसभा कमा माओवादी केन्द्रका चन्द्रबहादुर बुढा कांग्रेसका मञ्जेशबम मल्ललाई ५ हजारा ८ सय ६९ बढी मतले पछि पार्दै विजयी भएका छन्। 

प्रदेशसभा खमा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ३ हजार २ सय ६० मत अन्तरले कांग्रेसका जीत शेरचनलाई हराएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.