|

काभ्रेपलाञ्चोक : मतगणना जारी रहँदा जिल्लामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

बिहान ८ बजेसम्मको पछिल्लो प्राप्त मत परिणाम अनुसार काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. १ मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गंगा बहादुर तामाङ (बमध्वज) ले ६ हजार ३९३ मा प्राप्त गरेका छन्। कांग्रेसका उम्मेदवार तीर्थ लामाले ६ हजार ४५३ मत ल्याएका छन्।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा कमा माओवादी केन्द्रका रत्न ढकालले ५ हजार ५६९ मत प्राप्त गगरेका छन् भने कांग्रेसका उम्मेदवार चन्द्रबहादुर लामाले ३ हजार १८५ मत प्राप्त गरेका छन्। त्यस्तै प्रदेशसभा खका एमालेका चन्द्र लामाले ३ हजार ७४५ मत प्राप्त गरेका छन्।

कांग्रेसका उम्मेदवार गणेश लामाले ४ हजार ४६४ मत प्राप्त गरेको प्रतिनिधिसभा क्षेत्र नं. १ का निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिएको छ।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नं. २ का वाम गठबन्धनका उम्मेदवार एमालेका गोकुल बाँस्कोटाले ६ हजार ४५९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले ३ हजार ९२३ मत ल्याएका छन्। त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा कका एमालेका लक्ष्मण लम्सालले ३ हजार ९३७ मत प्राप्त गरेका छन् भने कांग्रेसका सुन्दरमणि आचार्यले १ हजार ३२२ मत प्राप्त गरेका छन्।

प्रदेशसभा खका वाम गठबन्धनका उम्मेदवार बसुन्धरा हुँमागाईले २ हजार ९५८ मत प्राप्त गरेका छन् भने  कांग्रेसका कञ्चनचन्द्र बादे श्रेष्ठले २ हजार ३१७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.